न्यायाधीशद्धय कार्की र भट्टराईमाथि आशंका भएकाले इजलासबाट हटाउन महान्यायाधिवक्ता बडालको माग — OSNepal

न्यायाधीशद्धय कार्की र भट्टराईमाथि आशंका भएकाले इजलासबाट हटाउन महान्यायाधिवक्ता बडालको माग

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । आजबाट फेरि सुरु भएको संसद विघटनविरुद्धको मुद्धामा सरकारी पक्षका वकिलहरुले न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई हट्नुपर्ने माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको नेतृत्वमा वरिष्ठताको आधारमा ंगठित इजलासमा न्यायाधीशद्धय कार्की र भट्टराईलाई हटाउनुपर्ने माग परेको छ ।

महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशद्धय माथि आशंका रहेको भन्दै इजलासबाट हटाउन माग गरेका हुन् । उनले भने ‘के हामी अहिले विकल्पविहीन अवस्थामा छौं र रु यो भन्दा अगाडि पनि एकपक्षीय भयो । त्यसबेला समयमा पनि हामीलाई न्याय भएको थिएन । हामी के चाहन्छौं भन्ने समानता हुनुपर्छ । प्रक्रियामा पनि हामीले जस्टिस खोजेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर