सपथ लगतै विवादास्पद अभिव्यक्ति दिएका उपप्रधानमन्त्री महतोविरुद्ध २५ वर्षसम्म कै द सजायँ माग गर्दै राजद्रोहको मुद्दामा सर्वोच्चमा रिट — OSNepal

सपथ लगतै विवादास्पद अभिव्यक्ति दिएका उपप्रधानमन्त्री महतोविरुद्ध २५ वर्षसम्म कै द सजायँ माग गर्दै राजद्रोहको मुद्दामा सर्वोच्चमा रिट

LC (KTM) June 06, 2021 0

काठमाडौं – उपप्रधानमन्त्री राजेन्द्र महतो विरुद्ध राज द्रो हको मुद्दामा सर्वोच्चमा रिट परेको छ । महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको हो । उपपधानमन्त्री महतोले मन्त्रीको सपथ लगतै विवादास्पद अभिव्यक्ति दिए पछि उनको चौतर्फी बिरोध र आलोचना भएको थियो ।

कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०९१० अन्तर्गतको कसुरमा महतोलाई राज द्रो हको मुद्दामा २५ वर्ष कै द माग गर्दै सर्वोच्चमा रिट पेश गरेका हुन् ।

यो पनि : उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको जवाफ प्रधानमन्त्री ओलीसँग मागियो – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त गरेलगतै महतो विगतमा टुंगो लागिसकेको विषयलाई पुनः उठाएर राष्ट्रिय एकता र अखण्डताको विपक्षमा उभिएको ती नेताहरूको भनाइ छ।यो खबर नागरिक दैनिकमा छ ।

नेता खनाल, अर्का वष्ठि नेता माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्यम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहोरा र प्रमेश हमालले शनिबार संयुक्त विज्ञप्ति जारी गरी महतोको धारणाप्रति निन्दा व्यक्त गरेका हुन्। संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरेर राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर