काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको आरोप लगाए ।
दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने र ओली देशभक्तीको भाबना नरहहेको बताए । एमसीसीमाथि आशङ्का खडा गर्ने काम केपी ओलीले नै सरकारमा हुँदा गरेको जिकिर गर्दै नेता नेपालले त्यसमा उनको क्याबिनेटका मन्त्रीहरूको पनि दोष रहेको बताए ।
यसबारे प्रश्न उठाउँदा ओलीले नेता कार्यकर्तामाथि लाञ्छना लगाउनुका साथै आत्मालोचना पनि नगरेको नेपालले बताए ।