काठमाडौं १७ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास मात्र भएको आरोप लगाएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले यस्तो आरोप लगाएका हुन् । उनले अध्यक्ष केपी ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद सुरु गरिएको दावी गरेका छन् ।
आइतबार संसदबाट बहुमतले एमसीसी पारित भएपछि एमसीसीको विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले यस्तो बताएका हुन् ।