काठमाडौं १७ फागुन । बलात्कारको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् ।
निजलाई सोमबार काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको हो । मुगुबाट निर्वाचित बानियाँमाथि ४० वर्षीया एक महिलालाई बलात्कार गरेको अभियोग लागेको छ ।
गत माघ १८ गते २५ लाख रुपैयाँ दिन्छु भन्दै होटलमा बोलाएको तर पैसा नदिई उल्टै बलात्कार गरेको भन्दै ति पिडित महिलाले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय बाँकमा उजुरी दिएकी थिइन् ।
संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले दिएको जानकारी अनुसार आगमी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइने भएको छ ।
बानिँया निलम्बनमा परेसँगै एमालेको प्रदेश सांसदको संख्या घट्ने भएको छ ।