काठमाडौं १६ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी पासभएसँगै यसमा देखिएका भ्रम निवारण भएको बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित हुनु एमसीसीमाथि रहेको भ्रम र अन्योल हट्नु भएको बताएका छन् ।
‘औपचारिक सहभागिता नभए पनि एमाले सहभागी भएको बुझेका छौं । पार्टी सभापतिको सुझबुझ, धैर्यताका कारण अनुमोदन सम्भव भएको छ’ शर्माले भने ।
आफ्नो बुझाइ र अमेरिका बुझाइमा समानता भएको बताएका उनले आयोजना बढ्नेमा यस अनुमोदन ले पुष्टि गरेको बताएका छन् ।