अब राजदूत हुन स्नातक तहको अध्ययन नचाहिने ! — OSNepal

अब राजदूत हुन स्नातक तहको अध्ययन नचाहिने !

LC (KTM) June 06, 2021 0

काठमाडौं- अब राजदूत हुन स्नातक उतीर्ण हुन नपर्ने भएको छ । मन्त्रिपरिषद्ले विगतमा मन्त्री भइसकेकाहरु राजदूतमा सिफारिस भए स्नातक तह अध्ययन नचाहिने भन्दै निर्देशिका संशोधन गरेको हो । वैशाख अन्तिम साता विभिन्न ११ देशमा राजदूत नियुक्ति सिफारिस गर्नुपूर्व मन्त्रिपरिषद्ले राजदूत हुन स्नातक उतीर्ण हुन नपर्ने निर्णय गरेको हो ।

यसअघि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा पारित भएको थियो ।विगतमा मन्त्री भएका बाहेकका हकमा भने स्नातक तह उतीर्ण हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ ।

निर्देशिकामा राजनीतिक नियुक्ति पाएर राजदूत हुने व्यक्तिको कम्तीमा स्नातक तहको शिक्षा हुनुपर्ने र सम्बद्ध मुलुकका विषयमा भाषासहितका विषयमा जानकार हुनुपर्ने प्रावधान तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर