काठमाडौं १५ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले नेता भीम रावललाई एमसीसी पारित गरेको पाँच वर्षमा नेपालमा अमेरिकी सेना नेपाल आए आफुलाई चार पाटा मोडेर थानकोट कटाएर नागरिकता खोसियोस्, भन्दै चुनौती दिएका छन् ।
एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए आफ्नो नागरिकता खारेज गर्न दिएका गगनले भीम रावलले एमसीसीको विषयमा भ्रम छरेको भन्दै संसद भवनमा गज्रिएका थिए ।
एमसीसी राष्ट्घाती , यो सम्झौताका कारण नेपालको स्वाधीनता तलमाथि भए आफु देशभक्त भएकाले मर्न तयार हुने बताएका छन् ।
नक्कली राष्ट्रवादी र देशभक्तको फरक नेपाली जनताले थाहा पाउने बताएका उनले संसद ,सडकबाट थाहा हुने स्पष्ट पारेका छन् ।
‘जनतालाई भनेको कुरा सेना आउँछ, स्वाधीनता लुटिन्छ, सम्पत्ति अरुले लिएर जान्छ अमेरिकी कानुन लागू हुन्छ भनेको कुरा पाँच वर्षमा सम्झौता सकिँदै गर्दा भएन भने त्यो कुरा गर्न तयार हो ‘ उनले भीम रावलाई चुनौती दिँदै भने ।
एमसीसीका विषयमा भ्रम छरेको भन्दै भीम रावल माथि गज्रिएका गगनले भने ‘म देशभक्त हुँ मर्न तयार हुन्छु । नक्कली राष्ट्रवादी र देशभक्तको फरक नेपाली जनताले थाहा पाउँछन्’