संसद विघटनविरुद्ध मुद्दा: संवैधानिक इजलासमा वरिष्ठताको आधारमा पुनर्गठन — OSNepal

संसद विघटनविरुद्ध मुद्दा: संवैधानिक इजलासमा वरिष्ठताको आधारमा पुनर्गठन

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । संसद विघटन विरुद्ध परेको रिटमाथि आज संवैधानि इजलासमा सुरु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको नेतृत्वमा पुर्नगठित संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन् ।

जसमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई रहेका छन् । वरिष्ठताको आधारमा जवरापछि चौथो नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ रहेकामा उनको परिवारमा कोरोना संक्रमित रहेकाले श्रेष्ठ भने इजलासमा देखा नपर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर