हेटौँडा अस्पतालमा थप पाँच कोरोना कोरोना सङ्क्रमितको मृ त्यु — OSNepal

हेटौँडा अस्पतालमा थप पाँच कोरोना कोरोना सङ्क्रमितको मृ त्यु

LC (KTM) June 06, 2021 0

वाग्मती, २३ जेठ – प्रदेशको हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना सङ्क्रमितको मृ त्यु भएको छ । शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पातलमा उपचारत पाँच सङ्क्रमितको मृ त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मृ त्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४ का ५६ वर्षीय पुरुष, हेटौँडा–५ का७२ वर्षीय पुरुष रहेका छन् । यसैगरी बाराका ४२ वर्षीय र सिन्धुलीका ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर