बाँकेका अस्पतालमा एकै रातमा चार सङ्क्रमितको मृत्यु — OSNepal

बाँकेका अस्पतालमा एकै रातमा चार सङ्क्रमितको मृत्यु

LC (KTM) June 06, 2021 0

बाँके- कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृ त्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृ त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँसगढी नगरपालिका–८ बर्दिया निवासी ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दिया निवासी ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँके निवासी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीया महिलाको उपचारका क्रममा मृ त्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । बाँकेमा एक हप्तायता कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । अहिले अधिकांश बिरामी बाहिरी जिल्लाबाट प्रेषण भई आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर