मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो भयो भन्दै आर्यघाटलाई अन्यत्र सार्ने प्रस्ताव — OSNepal

मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो भयो भन्दै आर्यघाटलाई अन्यत्र सार्ने प्रस्ताव

LC (KTM) June 06, 2021 0

काठमाडौं, जेठ २३। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक आर्यघाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ ।यसअघि, कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रूप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा। डा चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको छ ।

पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिनुभयो ।‘विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तिमा पनि सय वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै वागमती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो ।’ उहाँले भन्नुभयो ।

कोरोना महामारी फैलिएका बेला कुनै दिन दुई सय वटा त कोरोना भई निधन भएकाको शवदाह गरिएको अभिलेख कोषमा छ । पशुपति क्षेत्र कि घाट हो भनी ठम्याउन असहज हुने गरी धुवाँ आउन थालेपछि आर्यघाट पूर्णरूपमा बन्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको हो ।नेपाल समारचापत्र दैनिकबाट

विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव गर्ने जनाइएको छ ।भष्मेश्वरघाटका दुई वटा घाट राखी अरू हटाएर पशुपतिस्थित वागमती किनारलाई पूजा, आराधना, ध्यान, साधना केन्द्रका रूपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहनुभएका ढकालले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न ३५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर