काठमाडौं १५ फागुन । एमसीसीको विषयमा निर्णायक सहमति जुटाउन सत्ता गठवन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित आज बस्ने संसद बैठकमा अनुमोदन गर्ने सत्ता गठवन्धनको तयारी रहेको छ । बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने रसत्ता गठबन्धन पनि जोगाउने विषयमा छलफल भएको छ ।
सत्ता गठवन्धनको बैठक अगाडी बसेको माओवादीको बैठकले भने व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन गर्ने निणर्य गरिसकेको छ । जसमा चार नेताको भने असहमति रहेको छ ।
यो पनि…
व्याख्यात्मक निर्णयसहित एमसीसी अनुमोदन गर्ने विषयमा माओवादी केन्द्रका चार नेताको असमति
काठमाडौं १५ फागुन । व्याख्यात्मक निर्णयसहित एमसीसी अनुमोदन गर्ने विषयमा नेकपा माओवादी केन्द्रका चार जना नेताले असहमति जनाएका छन् ।
आज बिहानको बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक निर्णयसहित एमसीसी संसदमा अनुमोदन गर्ने निणर्य गरेको हो ।
यस विषयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका हुन् ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा सहमति नभए गठवन्धन टुट्ने भन्दै व्याख्यात्मक टिप्पणी गरेर अगाडाी बढ्ने बताएका थिए ।