एभर्टनमाथि म्यानचेस्टर सिटीको जित — OSNepal

एभर्टनमाथि म्यानचेस्टर सिटीको जित

LC (KTM) February 27, 2022 0

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ ।शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई १-० अन्तरले पराजित गरेको हो ।

रोमाञ्चक बनेको खेलमा सिटीलाई जिताउन फिल फोडेनले खेलको ८१औं मिनेटमा निर्णायक गोल गरे ।जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा छ ।

राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग गोल रहित बराबरीमा रोकियो । एस्टन भिल्लाले ब्राइटन र न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई समान २-० अन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर