एक हप्ता अन्तरमा कोरोनाका कारण बस्नेत दम्पतिको मृ त्यु — OSNepal

एक हप्ता अन्तरमा कोरोनाका कारण बस्नेत दम्पतिको मृ त्यु

LC (KTM) June 06, 2021 0

झापा-कोरोनाका कारण झापा बिर्तामोडका एक दम्पतिको निध न भएको छ । हप्ता दिनको अन्तरमा दम्पतीकै निधन भएपछि गाँउ नै शोकमा डुबेको छ ।

बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार मृत्यु भएको थियो भने एक सातापछि हिजो शनिबार श्रीमती ५६ बर्षीया संगीता बस्नेतको मृ त्यु भएको हो।

उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृ त्यु भएको हो । पहिला श्रीमान गणेशबहादुरलाई काठमाण्डौ जाँदा संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको हुन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर