गठबन्धनका बारेमा कांग्रेस गम्भीर देखियो : प्रदीप ज्ञवाली — OSNepal

गठबन्धनका बारेमा कांग्रेस गम्भीर देखियो : प्रदीप ज्ञवाली

LC (KTM) February 25, 2022 0

काठमाडौं, १३ फागुन-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको बताएका छन् ।

शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रियाँ दिँदै ज्ञवालीले आफूहरुले पूरानै कुरा राखेको बताए । एमालेलाई संसदमा बस्ने वातावरण बनाउन आफूहरुले कांग्रेससँग माग गरेको उनको भनाइ छ ।

लोकतन्त्रका लागि योगदान गरेका एमाले कांग्रेसको योगदान हिजो पनि भएको र आगामी दिनमा पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको उनले बताए ।गठबन्धनमा समस्या देखिएको भन्दै उनले त्यसमा कांग्रेस गम्भीर देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर