चलचित्र ‘केजीएफ’ का अभिनेता यशले गरे कोरोनाका कारण रोजगारी गुमाएका मजदूरलाई सहयोग — OSNepal

चलचित्र ‘केजीएफ’ का अभिनेता यशले गरे कोरोनाका कारण रोजगारी गुमाएका मजदूरलाई सहयोग

LC (KTM) June 06, 2021 0

मुम्बई । दक्षिण भारतीय चर्चित अभिनेता यशले तीन हजार चलचित्र मजदूरलाई सहयोग गर्ने भएका छन् । चलचित्र ‘केजीएफ’ का अभिनेता यश अभिनयका साथै सहयोगी भावनाका कारण पनि चर्चामा आइरहन्छन् । उनी आफ्ना प्रशंसकको ध्यान राख्ने र उनीहरुका लागि केही न केही समेत गर्दछन् । कोरोना कहरका कारण संकटमा रहेका कन्नड चलचित्र उद्योगका मजदुरका लागि अभिनेता यशले सहयोग गर्ने भएका हुन् । कोरोनाले चलचित्रका काम ठप्प भएपछि दैनिक ज्याला मजदुरी गर्ने कामदार अहिले आर्थिक समस्यामा छन् । संकटमा दिन गुजार्न बाध्य कन्नड चलचित्र उद्योगका तीन हजारभन्दा बढी मजदुरलाई उनले सहयोग गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनले भने, ‘मेरो कन्नड चलचित्र उद्योग कोरोनाको कारण नराम्रो अवस्थाबाट गुज्रिरहेको छ । यस्तो बेलामा म चलचित्र उद्योगको २१ डिपार्टमेन्टका ३ हजार बढी मजदुरलाई आफ्नो तर्फबाट ५, ५ हजार रुपैयाँ उनीहरुको खातामा हाल्दिन्छु ।’ अभिनेता यशले आफ्नो सहयोगले कोरोना कहरले पु¥याएको नोक्सानको भर्पाइ नभए पनि केही सहयोग मिल्ने बताए । उनले सकंटका बेला आफ्नो व्यवसायमा संलग्न साथीहरुलाई सहयोग गर्नु मानवीय धर्म र कर्तव्य भएकाले सानै भए पनि सहयोग गर्ने कोशिस गरेको जनाए । सौर्य दैनिकमा खबर छ । अभिनेता यश छिट्टै चलचित्र ‘केजीएफ च्याप्टर २’ मा देखिँदै छन् । सो चलचित्रमा उनीसँगै चर्चित अभिनेत्री रविना टण्डन, अभिनेता सञ्जय दत्तको प्रमुख भूमिका रहेको छ । चलचित्र १६ जुलाईमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर