थप २७५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५५५ जना भए कोरोना मुक्त — OSNepal

थप २७५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५५५ जना भए कोरोना मुक्त

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी , पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । आज एकैदिन ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर