कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु — OSNepal

कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु

LC (KTM) February 24, 2022 0

काठमाडौं, १२ फागुन-नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए ।बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो ।

संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् ।दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए ।

त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए ।देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ ।एमसीसीका कारण पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर