गठवन्धन तोडेर एमसीसी पास गर्न एक कदम अगाडी पुगेका देउवा बाहिरिएसँगै प्रचण्ड पुगे ओलीको क्याबिनमा — OSNepal

गठवन्धन तोडेर एमसीसी पास गर्न एक कदम अगाडी पुगेका देउवा बाहिरिएसँगै प्रचण्ड पुगे ओलीको क्याबिनमा

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवा छलफल गरी बाहिरिएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीकै क्याबिनमा पुगेका छन् ।

एमालेको सबै मागमा छलफल गनए आफु तयार भएको भन्दै देउवाले बताएका पछि अहिले साँझ ७ बजे फेरि ओली देउवा बिच छलफल हुने भएको छ ।

एमसीसीको विषयमा गठवन्धनमा सहमति नभएपछि एक कदम अगाडी बढेका एमालेका सबै मागप्रति छलफल गर्न तयार भएका हुुन् ।

एमसीसीका कारण गठवन्धन नै धराप परेको छ । सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी पारित गर्न सहमत नभए गठवन्धन भत्किने स्पष्ट पारीसकेका छन् ।

भेटमा माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत तथा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर