प्रचण्ड - नेपाल माथि खनिए महामन्त्री शर्मा — OSNepal

प्रचण्ड – नेपाल माथि खनिए महामन्त्री शर्मा

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारमा सहभागी माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी माथि कडा टिप्पणी गरेका छन् ।

महामन्त्री भट्टराईले सडकमा एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका युवाहरुको कुनै दोष नभएको बताएका उनले दोषी त ति द्वैध चरीत्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन् बानेश्वरमा अर्को भन्दै अध्यक्षद्धय प्रचण्ड र माधव नेपालमाथि टिप्पणी गरेका हुन् ।

संसदमा एमसीसी टेबल गर्न दिने अनि विपक्षमा मतदान गर्ने भन्दै आएका प्रचण्ड नेपालमाथि नेता शर्माले कडा रुपमा खनिएका हुन् । अब टुंगो गरौं, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? आवेग र उग्रताले रास्ट्रहरु समृद्ध बनेका छन् कि ञजिम्मेवार रास्ट्रवादझ ले ? उनलले प्रचण्ड नेपाललाई भनेका छन् ।

उनले भनेका छन्, सडकमा ःएमसीसी को विरोध गरिरहेको युवाको कुनै दोष छैन दोषी त ति द्वैध चरीत्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन् बानेश्वरमा अर्को !

अब टुंगो गरौं, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? आवेग र उग्रताले रास्ट्रहरु समृद्ध बनेका छन् कि ञजिम्मेवार रास्ट्रवादझ ले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर