सरकारको अनुरोधमा संसद बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने — OSNepal

सरकारको अनुरोधमा संसद बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

LC (KTM) February 24, 2022 0

काठमाडौं, १२ फागुन-प्रतिनिधिसभाको बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ ।सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी थियो । तर, बस्दै नबसी सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।‘सरकारको आग्रहमा आजको बैठक स्थगित गरिएको छ । अब भोलि दिउँसो १ बजे बस्नेछ,’ जसपा प्रमुख सचेतक प्रमोद शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर