आज बस्ने संसद बैठकमा अर्थमन्त्री शर्माले एमसिसीमाथि छलफलका लागि प्रस्ताव राख्दै — OSNepal

आज बस्ने संसद बैठकमा अर्थमन्त्री शर्माले एमसिसीमाथि छलफलका लागि प्रस्ताव राख्दै

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । आज दिउँसो १ बजे बस्ने संसद बैठकको कार्यसुचीमा एमसीसी विषय समावेश हुने भएको छ ।

संसद् सचिवालयले दिएको जानकारी अनुसार सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने जनाइएको छ ।

अर्को कार्यसुचीमा भनेकानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यक्रम रहेको छ ।

संसद बैठक अगावै सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । यही फागुन ८ गते बसेको संसद बैठकले एमसीसी टेबल गरेको थियो ।

एमसीसीको विषयमा छलफल गर्न यति बेला सरकारमा सहभागी शिर्ष नेताहरुको दौडधुप बाक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर