ब्राजिलियन खेलाडि थियागो सिल्भा १ बर्ष अझै चेल्सीमै रहने , फेरी भयो नबिकरण संझौता — OSNepal

ब्राजिलियन खेलाडि थियागो सिल्भा १ बर्ष अझै चेल्सीमै रहने , फेरी भयो नबिकरण संझौता

LC (KTM) June 05, 2021 0

ब्राजिलियन खेलाडि थियागो सिल्भाले चेल्सी संगको संझौता नविकरण गरेका छन् । भेट्रान डिफेन्डर समेत रहेका उनले च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीसँग सम्झौता नविकरण गरेका हुन् । सिल्भाले चेल्सीसँग थप १ वर्षको सम्झौता नविकरण गरेका हुन् ।

सिल्भाले लन्डन क्लबमा डेब्यु सिजनमै च्याम्पियन्स लिगको ट्रफी जित्न सफल भएका थिए । उनी गत सिजन फ्रान्सेली क्लब पीएसजीबाट चेल्सी आएका थिए । चेल्सीले सिल्भासँग सम्झौता नविकरण गरेकै दिन प्रशिक्षक थोमस टुचेलसँग ३ वर्षको तथा फरवार्ड ओलिभर जिरुडसँग १ वर्षको नविकरण गरेका थिए ।

लन्डन क्लबमा डेब्यु सिजनमा उनले चोटसँग जुध्न पुगेपनि ३४ खेल खेल्दै दुई गोल गर्न सफल भएका थिए । विश्वस्तरीय डिफेन्डरको उपस्थितिले क्लबको मनोबव उच्च रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर