एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने भ्रममा नपर्न प्रचण्ड - नेपाललाई पौडेलको सुझाव — OSNepal

एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने भ्रममा नपर्न प्रचण्ड – नेपाललाई पौडेलको सुझाव

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी सम्झौतामा गठवन्धन दलहरुले सहयोग नगरे गठबन्धन टुट्न सक्ने बताएका छन् ।

आज बिहीवार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले गठबन्धन टुट्न सक्ने जानकारी दिएका हुन् । एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले समर्थन नगरे गठवन्धन कायम राख्न कांग्रेस सहमत नभएको उनले स्पष्ट पारेका छन् ।

‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ,’ उनले भने ।

एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न समेत गठवन्धन दललाई उनले आग्रह समेत गरेका छन् । ‘उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर