ओली राज्य प्रणाली नै ध्वस्त बनाउन लागिपरेको बिपक्षी गठबन्धनको आरोप, मन्त्रिमण्डल पुनर्गठन असंबैधानिक रहेको जिकिर — OSNepal

ओली राज्य प्रणाली नै ध्वस्त बनाउन लागिपरेको बिपक्षी गठबन्धनको आरोप, मन्त्रिमण्डल पुनर्गठन असंबैधानिक रहेको जिकिर

LC (KTM) June 05, 2021 0

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिमण्डल पुर्नगठन प्रति बिपक्षी गठबन्धनले आपत्ति जनाएको छ । विपक्षी गठबन्धनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको परिस्थितिमा मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै आपत्ति प्रकट गरेको हो ।

कांग्रेस सहितका विपक्षी गठबन्धनका पाँच राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै आपत्ति जनाएका हुन् । ओलीलेले गरेको मन्त्रिमण्डल पुर्नगठन संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको बिरुद्ध रहेको जनाएको छ ।

ओली नेतृत्वको सरकारले राज्य प्रणालीलाई नै ध्वस्त बनाउन लागिरहेको आरोप लगाइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेर जारी गरिएको वक्तव्यमा चुरे क्षेत्रको उत्खनन् गर्न दिने निर्णय प्रति पनि आपत्ति जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर