नागिन ३ का कलाकार पर्ललाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश , नाबालिग केटी माथीको रेप महंगो पर्ने अड्कल — OSNepal

नागिन ३ का कलाकार पर्ललाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश , नाबालिग केटी माथीको रेप महंगो पर्ने अड्कल

LC (KTM) June 05, 2021 0

भारतीय टेलिभिजन एक्टर तथा नागिन ३ का कलाकार पर्ल वी पुरी नाबालिगलाई रेप गरेको आरोपमा थप १४ दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । जमानतमा छुट्ने सबैले अनुमान काटिरहेका बेला न्यायिक हिरासतमा राखेर अनुषन्धान गर्न अदालतले आदेश दिएको पर्लकी एक्स गर्लफ्रेण्ड तथा अभिनेत्री करिश्मा तन्नाले जानकारी दिएकी छिन् ।

उनले यसअघि जमानतमा छुट्ने आशयको पोष्ट गरेकी थिईन् । उनको गिरफ्तारीले सबैलाई अचम्मित पारिदिएको छ । टेलिभिजनका सेलीब्रेटीहरुले पर्लको नै सर्पाेट गरिरहेका छन् । मुम्बईको वालिव प्रहरीले पुरी बिरुद्ध रेपको आरोपमा केश दर्ता गरेको छ ।

उनलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । यस बिषयमा पिडीत नाबालिग केटीले प्रहरीलाई बयान दिएकी छिन् । पिडीतका अनुसार उनी संग पहिलो पटक कारमा रेप भएको र पटक पटक आफु रेपमा परेको बयान दिएकी छिन् । पर्ललाई नाबालिग केटीलाई रेप गरेको आरोपमा पिओसीएसओ एक्ट अन्र्तगत पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर