प्रचण्ड नेपाललाई गगन थापाको चेतावनी : एमसीसीको विपक्षमा मतदान गर्ने भए गठवन्धन भत्किन्छ — OSNepal

प्रचण्ड नेपाललाई गगन थापाको चेतावनी : एमसीसीको विपक्षमा मतदान गर्ने भए गठवन्धन भत्किन्छ

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विपक्षमा मतदान गरे गठवन्धन भत्किने दावी गरेका छन् ।

मंगलबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य समाप्त भन्दै एमसीसीको विपक्षमा मतदान गर्ने दल सरकारमा बस्न लायक नभएको बताएका छन् ।

सरकारमा रहेका माओवादी र नेकपा एकिकृत समाजवादी दललाई प्रश्न गर्दै नेता थापाले भने,’सत्ता गठबन्धनमा सहभागी भएर त्यही सरकारले अघि सारेको प्रस्तावविरुद्ध मतदान गरिसकेपछि हामी विपक्षमा मतदान गर्छौं, तर बाँकी कुरामा सँगै जान्छौ भन्नु अनैतिक हो ?’

थापाले प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै कित पक्षमा मतदान गरेर सँगै बसौँ, फरक–फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न नसकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर