थप ४७६ जनामा कोरोना संक्रमण , तिन जनाको मृत्यु , ८३१ जना कोरोनामुक्त — OSNepal

थप ४७६ जनामा कोरोना संक्रमण , तिन जनाको मृत्यु , ८३१ जना कोरोनामुक्त

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । नेपालमा पछिल्लो २४ घन्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा ६६०४ नमूनाको पीसीआर गराउँदा २९९ जना र २८२० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा ८३१ जना कोरोनामुक्त भएका छन् । तिन जनाले ज्यान गुमाएका छन् ।

नेपालमा हाल कोरोना सक्रिय संक्रमितको संख्या १० हजार ७४७ रहेको छ। संक्रिय संक्रमित मध्ये ११५ जनाको आइसीयूमा र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर