राजधानी युवा क्लबले जित्यो सेभेन ए साइट मैत्रीपूर्ण फुटबल — OSNepal

राजधानी युवा क्लबले जित्यो सेभेन ए साइट मैत्रीपूर्ण फुटबल

LC (KTM) February 22, 2022 0

काठमाडौं, १० फागुन -राजधानी युवा क्लबले सेभेन ए साइट मैत्रीपूर्ण फुटबल जितेको छ । मनमैजुस्थित एन्जल स्पोर्टस् एकेडेमीको मैदानमा मंगलबार भएकोे मैत्रीपूर्ण खेलमा राजधानी दुवै खेल जित्दै च्याम्पियन भएको हो । प्रतियाेगितामा आयोजकसहित कलाकार टिम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को सहभागीता थियो ।

राजधानीले पहिलो खेलमा कलाकार टोलीलाई ३–१ अन्तरले पराजित गर्यो । २०–२० मिनेट गरी ४० मिनेट खेलाइएको खेलमा राजधानीलाई जिताउन खिम थापाले दुई तथा सन्तोष श्रेष्ठले एक गोल गरे । कलाकारका लागि हरि डाँगीले सान्त्वना गोल फर्काए ।

कलाकारको तर्फबाट हरिसँगै बन्द्री पंगेनी, राजु ढकाल, धिरेन शाक्यलगायतको सहभागीता थियो ।दोस्रो खेलमा राजधानीले एनएसजेएफलाई ५–२ अन्तरले पराजित गर्यो । राजधानीको जितमा देवान तामाङले ह्याट्रिक गरे । यस्तै, राजकुमार गोले र चन्द्रबहादुर कार्कीले समान एक गोल गरे । एनएसजेएफका लागि आशिष पुडासैनी र दिल तामाङले एक एक गोल गरे ।

पहिलो खेलमा आयोजकसँग पराजित कलाकार टिमले दोस्रो खेलमा एनएसजेएफलाई ९–० हरायो । कलाकारको जितमा हरि डाँगी र राजु ढकालले ह्याट्रिक गर्दा आकाश खवास, सविन आचार्य र बन्द्री पंगेनीले समान एक गोल गरे । यता, एनएसजेएफ भने दुवै खेलमा पराजित भयो ।राजधानी युवा क्लब र एन्जल्स स्पोर्ट्स एकेडेमीले यहि १३–१४ फागुनमा सेभेन ए साइट फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।सोही प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक राजधानीले कलाकार र पत्रकार टोली सम्मितिल मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर