स्थानीय तह निर्वाचनको लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत, कर्मचारीको तलब र भत्ता ४० प्रतिशतले वृद्धि — OSNepal

स्थानीय तह निर्वाचनको लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत, कर्मचारीको तलब र भत्ता ४० प्रतिशतले वृद्धि

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ ।

आज मंगलबार बसेको आयोगले बैठकले खर्चमा कटौती गर्दै एकै चरणमा सम्पन्न हुने निर्वाचनको लागि बजेट स्वीकृत गरेको हो । देशभरका ७५३ वटै स्थानीय तहमा यही वैशाख ३० गते निर्वाचन हुने भएको छ ।

साथै, अन्य खर्चमा आयोगले कटौती गरेपनि निर्वाचन सामग्री र निर्वाचनको मुख्य काममा खटिने कर्मचारीहरूको सुविधामा भने कुनै कटौती नगरेको जानकारी दिएको छ । विगतका निर्वाचनको समयका तुलनामा अहिले कर्मचारीको करिब ४० प्रतिशत तलब र भत्ता वृद्धि भएको बेहोरा आयोगले जनाएको छ ।

यस पटक ३८ लाख मतदाता सङ्ख्या बढेको र अघिल्लो पाँच वर्षको तुलनामा बजार मूल्य झन्डै ४० प्रतिशतले बढेकोले कर्मचारीको तलब पनि ४० प्रतिशले बढाइएको जनाइएको छ ।

साथै, आयोगले राजनीतिक दल र उम्मेदवारलाई भड्किलो र खर्चिलो निर्वाचनतर्फ नलाग्नसमेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर