स्थानीय तह निर्वाचनको घोषणा विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज — OSNepal

स्थानीय तह निर्वाचनको घोषणा विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । स्थानीय तह निर्वाचनको घोषणा विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाई हुने भएको छ ।

सरकारले यही वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि वर्तमान स्थानीय तहका जनप्रतिनिधि महोत्तरी, भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले वैशाख ३० गते कार्यकालको पाँच वर्ष नपुग्ने भन्दै परेको रिटमाथि सुनुवाई हुने भएको हो ।

उक्त रिट इजलासको आदेशबाट रिट दर्ता भएको हो । यस पटक निर्वाचन आयोगले स्थानीय निर्वाचन एकै चरणमा सम्पन्न गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर