एमसीसीको विपक्षमा मतदान गर्न नेकपा एसले तत्काल ह्विप जारी नगर्ने — OSNepal

एमसीसीको विपक्षमा मतदान गर्न नेकपा एसले तत्काल ह्विप जारी नगर्ने

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । नेकपा एकिकृत समाजवादी पार्टीले अमेरिकी परियोजना एमसीसीको विषयमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी नगर्ने भएको छ ।

पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले दिएको जानकारी अनुसार एमसीसीको विषयमा विपक्षमा मतदान गर्न अहिले नै ह्विप जारी नगर्ने बताएका हुन् । ‘हामी अहिले नै ह्विप जारी गर्ने पक्षमा छैनौ, आवश्यक परे संसद् बैठक बस्नुअघि निर्णय लिन्छौं,’उनले भने ।

यस विषयमा संसदमा व्यापक छलफल भएपछि मात्र कुन प्रक्रियाबाट विपक्षमा उभिने त्यहीबेला टुंगो लाग्ने बताएका पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पक्ष वा विपक्षमा उभिँदा पनि संसदको सर्वोच्चता र मर्यादालाई ध्यान दिएर एमसीसीमाथिको छलफलमा सहभागी भएर प्रक्रियागत ढंगले अघि बढ्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर