कोरोना संकटमा जनताको सेवक बनिन् उपाध्यक्ष बुढा — OSNepal

कोरोना संकटमा जनताको सेवक बनिन् उपाध्यक्ष बुढा

LC (KTM) June 05, 2021 0

विजय रावत/जुम्ला- जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढा कोरोना संकटमा जनताको सेवक बनेकी छिन् । गाउँपालिका भित्रका कोरोना संक्रमितको मनोबल उच्च बनाउन घरदैलो अभियानदेखी संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै संक्रमितका परिवारलाई सहानुभुति दिदै आएकी हुन् । कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी उपाध्यक्ष बुढा दोस्रो लहरको कोरोना संक्रमितलाई भेटेर कोरोना संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता गर्न रातदिन सो गाउँपालिका स्थानीयवासि संग सहकार्य समान्वय गर्दे कोरोना संक्रमित व्यक्तिदेखी अन्य स्थानीयवासिसंग गाउँपालिकाका स्वास्थ्यकर्मी लिएर स्वास्थ्य परामर्श दिदै लक्षण अनुसारको औषधि उपलब्ध गराउदै आएकीछिन् । कोरोना संक्रमितलाई एक क्यारेट अण्डा, औषधि र स्वास्थ्य परामर्श दिदै आएको उपाध्यक्ष बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“कोरोना संक्रमित भन्ने वित्तिकै गाउँमा फरक तरिकाले हेर्ने गरिन्छ । कोरोना एक प्रकारको रोग हो । रोग लाग्दैमा मान्छे मर्दैन् । तर कोरोना देखिएको बेला अत्यधिक लापरवाही गरेको खण्डमा ज्या न पनि जान सक्छ । त्यसैले संक्रमित र संक्रमित परिवारले सचेत हुन जरुरी छ । त्यही सचेत पार्न घरदैलो अभियान शुरु भएको छ । उपाध्यक्ष बुढा स्वास्थ्य संयोजक गणेशबहादुर शाही, अहेब उत्तम देवकोटा पनि संक्रमितको घरदैलोमा जाने गरेका छन ।” उपाध्यक्ष बुढाले भन्नुभयो,“कोरोना सामुहिक समस्या भएकोले सामुहिक रुपमा प्रतिरोध गर्नुुपर्छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्छ । संक्रमितको स्वास्थ्यमा जटिल प्रकारको समस्याआउने वित्तिकै खबर गर्न आग्रह गरिन । कोरोना संक्रमणका कारण दिनहुँ ज्यान गइरहेको छ ।

जटिल समस्या आएपछि खबर गर्नुहोला अस्पताल सम्म लैजाने व्यवस्था स्थानीय सरकारले गर्ने छ । साथै स्वास्थ्य उपचारको प्रबन्ध पनि छ । होम आइसोलेसनमा बसेका संक्रमितले उच्च सतकर्ता अपनाउनु पर्ने उपाध्यक्ष बुढाले बताउनुभयो । ” संरचना होमआइसोलेसन मैत्री छैनन । संक्रमित भएर घरमा बस्नेले सबैभन्दा बढि ध्यान दिनुपर्छ । घरबाहिर निस्कदा मास्क अनिवार्य प्रयोग गर्नुहोला । सेनिटाइजर प्रयोग गर्नुका साथै साबुन पानीले नियमित हात धुनु होला । सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्नुहोला । परिवारलाई संक्रमण हुन सक्ने खतरा भएकोले पारिवारिक स्वास्थ्य सुरक्षामा पनि ख्याल गर्नु अति आवश्यक रहेको छ । गाउँपालिकाको नौवटै वडाको स्थानीयवासिको घरदैलोमा पुगेर स्वास्थ्य परामर्श दिने काम भएको उपाध्यक्ष बुढाले बताउनुभयो ।

सो गाउँपालिका – ३ का स्थानीयवासि होम आइसोलेसनमा बसेका संक्रमित दत्त गिरीले घरदैलोमा पुगेर संक्रमितको मनोबल उच्च बनाउने कार्य गरेकोमा खुसि व्यक्त गरे । सरकारले सबै बेहोर्न त सक्दैन् । तर घरदैलोमा पुगेर संक्रमित भेटेर स्वास्थ्य परामर्श दिदै लक्षण अनुसारको औषधि उपलब्ध गराउनु निकै ठुलो कुरा हो । त्यसैमा एक क्यारेट अण्डा प्रदान गर्नु भएको छ । हामी संक्रमित दुख परेको बेला जनप्रतिनिधि घरमै आउदाँ कोरोना संक्रमित भएका स्थानीयवासि आत्मबल बढेको स्थानीयवासि गिरीले बताउनुभयो ।

घरदैलोमै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली पुग्दा संक्रमित खुसि हुने गरेका छन । लक्षण अनुसारको औषधि दिन्छौँ । स्वास्थ्य परामर्श दिएर फर्किन्छौँ । संक्रमितलाई यतिबेला हौसला र उत्प्रेरणाको खाँचो भएको छ । कोरोना संक्रमण फैलन नदिन र संक्रमितको स्वास्थ्य उपचारमा गाउँपालिका प्रतिबद्ध रहेको उपाध्यक्ष बुढाले बताउनुभयो । कोरोना मैदानमा उपाध्यक्ष बुढाले खेलेको भुमिका राम्रो रहेको तिला गाउँपालिका – १ का स्थानीयवासि नौसेर रावतले बताउनुभयो । पहिलो लहरमा क्वारेन्टिन निर्माण, व्यवस्थापन र सचेतना फैलाउने कार्यमा खटिएकी उपाध्यक्ष बुढा दोस्रो लहरको कोरोनामा आइसोलेसन निर्माण र व्यवस्थापनमा रातदिन उपाध्यक्ष खटिरहनु भएको यहाँका स्थानीयवासि बताउँछन् ।

गाउँपालिकाका स्वास्थ्य संयोजक गणेबहादुर शाहीले घरदैलोमा पुगेर संक्रमितालाई उर्जा दिने काम उदाहरणीय भएको बताउनुभयो । सो गाउँपालिकामा २५ बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल अक्सिजन र चिकित्सक सहित कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको स्वास्थ्य संयोजक शाहीले बताउनुभयो । गाउँपालिकाको तीन स्थानमा हेल्थ डेस्क संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।
जनता बचाउन उपाध्यक्ष बुढाको सक्रियता कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिएपछि देशभर निषेधाज्ञाले पुरै क्षेत्र ठप्प रहेको छ । यस अवस्थामा हरेक नागरिकले महामारी नियन्त्रणका लागि आफ्नो स्थानबाट सहयोग गर्नु आवश्यक हुन्छ । तर, महामारी नियन्त्रणमा अहिले जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाको सक्रियता पनि उत्तिकै प्रशंसनीय छ ।

गाउँपालिका कोरोना संक्रमितलाई हौसला प्रदान गर्नु, सङ्क्रमण नियन्त्रणको योजना बनाउने, जनचेतना बिस्तार गर्ने जस्ता काममा जनप्रतिनिधि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका छन् । त्यसमध्येका एक हुन् जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा । उपाध्यक्ष बुढाले कोरोना सङ्क्रमण रोकथाममा गाउँपालिकाले जस्तैसुकै परिस्थितिको पनि सामान गर्न तयार रहेको उपाध्यक्ष बुढाले बताउनुभो । यही मन्त्रलाई आत्मसाथ गर्दै उपाध्यक्ष बुढाको सक्रियता निकै राम्रो रहेको छ । उनी अहिले सङ्क्रमितका घरमै पुगेर भाइरसबाट बच्नको लागि सचेतता दिन्छन् । जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई सँगै लिएर तिला गाउँपालिका नौवटै वडाका स्थानीयवासिको घरघरमा पुगेर जनतालाई कोरोना भाइरसबाट बच्न र बचाउनको लागि रायसल्लादेखी स्वास्थ्य सम्बन्धी जनचेतना जगाउँछिन् ।सो गाउँपालिकाको बस्तीमै पुगेर स्वास्थ्यकर्मी सँगै लिएर स्वाँव सङ्कलन गर्न लगाउँछन् । उपाध्यक्ष बुढा जनताको ज्यान बचाउनको लागि गाउँपालिकाले पूर्ण रूपमा लागि परेको बताउनुभयो ।

फोटो क्याप्सन ः जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढा कोरोना संक्रमितका लागी निर्मित आइसोलेसन सेन्टरमा प्रयोग गर्न पि.फर्म मोटरसाइकलमा नाम्लाले बोेकेर लैजादै । कोरोना भाइरसको प्रतिकार्य रोकथाम तथा नियन्त्रणमा उपाध्यक्ष बुढा सक्रियतापुर्वक लगेकी छन् । तस्विर : विजय रावत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर