स्कटल्याण्ड हिँडेका एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले रोकिदियो — OSNepal

स्कटल्याण्ड हिँडेका एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले रोकिदियो

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । स्कटल्याण्ड हिँडेका एक भारतीय नागरिकलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले रोकेको छ।

अध्यागमले भारतीय नागरिक डेनियल मोक्तानसँग नेपालस्थित भारतीय दूतबासले जारी गरेको एनओसी पत्र नभएपछि शंकास्पद यात्रा भन्दै रोकेको हो ।

नेपालबाट पहिलो पटक अन्य मुलुक जाँदा भारतीय नागरिकले अध्यागमनमा ‘नो अब्जेक्सन लेट’ बुझाउनुपर्ने व्यवस्था रहेको छ । स्थलमार्गहुँदै भारतबाट नेपाल प्रवेश गरेका उनले s0023424 नम्बरको भारतीय राहदानी प्रयोग गरेका गरेका छन् ।

पछिल्लो पटक नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने विदेशीको संख्या बढेको अध्यागमले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर