एक साता अघि दुई झोलामा टाउको र शरीर भेटिएको शवको पहिचान खुल्यो,हत्याको आशंकामा दूई जना पक्राउ — OSNepal

एक साता अघि दुई झोलामा टाउको र शरीर भेटिएको शवको पहिचान खुल्यो,हत्याको आशंकामा दूई जना पक्राउ

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन– एक हप्ता अगाडि सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोला भित्र फेला परेको शवको पहिचान खुलेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार शव दमक ५ का ४३ वर्षीय दिपक सिग्देलको रहेको छ । वैदेशिक रोजगारीका क्रममा बहराईन पुगेका मृतक सिग्देल के िसमय अगाडी नेपाल आएको प्रहरीले जनाएको छ ।

उनको शव उनकै परिवारले सनाखत गरेका हुन् । हत्याको आशंकामा दूई जनालाई प्रहरीले पक्राउ गरेको छ । भने निजहरु मृतककै आफन्त पर्ने प्रहरीले जनाएको छ ।

तर पनि पक्राउ परेका दुवै जनाको परिचयन भने खुलाएको छैन । हत्यामा उनकै परिवारको सदस्यको हात रहेको प्रहरीले जनाएको छ ।

मृतक सिंग्देलको शव टाउको र खुट्टा एउटा झोलामा र शरीर अर्को झोला राखिएको अवस्थामा फेला परेको थियो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर