कोरोना महामारीमा कोरोना केही होइन भन्दै जुवातास खेलिरहेको अवस्थामा १५ जना मोटो रकम सहित समातिए — OSNepal

कोरोना महामारीमा कोरोना केही होइन भन्दै जुवातास खेलिरहेको अवस्थामा १५ जना मोटो रकम सहित समातिए

LC (KTM) June 05, 2021 0

काठमाडौं, २२ जेठ- काठमाडौं महानगरपालिका(२२ पाको न्यूरोड बस्ने अजय श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका(८ बस्ने ४९ वर्षीय विनोद कार्की सहित १५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ४३ हजार रुपैयाँ, ३२ थान कौडा र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोज्दा घाइते भएका १ जनाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर