बिश्वकै धनाड्यमा गनिने गरेका छन् भारतका ब्यापारी मुकेश अम्बानी । उनको अथाह सम्पत्ति रहेको छ । उनको नाममा बिश्वका बिभिन्न कुनामा सम्पत्ति रहेका छन् । नयाँ नयाँ टेक्नोलोजीमा समेत मुकेशको लगानी रहदै आएको छ । यसैबीच मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले भर्खरै एडभर्ब टेक्नोलोजीज लाई १ अर्ब डलर लगभग ७४ अर्ब रुपैयाँ अर्डर गरेको छ ।
यो अर्डर फाईभ जि प्रविधिले सुसज्जित रोबोटहरूको लागि हो। रिलायन्सले यसलाई जामनगर रिफाइनरीमा प्रयोग गर्ने योजना बनाएको छ। रिलायन्स इंडस्ट्रीजले हालै रोबोटिक्स स्टार्टअप एडभर्ब टेक्नोलोजीज मा ५४ प्रतिशत सेयर खरिद गरेको छ ।