५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाले गुमाए ज्यान — OSNepal

५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाले गुमाए ज्यान

LC (KTM) June 05, 2021 0

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा ५०४२ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोही अवधिमा ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् ।

यो सँगै कोरोना जित्नेको संख्या ४ लाख ८४ हजार ३७३ रहेको छ । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ जनाको मृत्यु भएको छ ।

यो पनि : यि हुन काँक्रो खानुका अपत्यारिला फाइदाहरु, सुन्निएको घटाउँन देखी आँखाको रातोपना हटाउनु  काँक्रो बाह्रै महिना फल्ने एउटा फल हो । यो झालमा फल्ने गर्दछ ।यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । यसको सलाद बनाउदा पनि उतिकै चोपिलो हुन्छ । काक्रो सेवन जतिबेला पनि गर्न सकिन्छ । प्राय यो गर्मी मौसममा बढि सेवन हुने गर्दछ । काँक्रोको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ ।

मानिसको शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ। पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ। यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ। यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।

मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ। काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन् । त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर