शरीरको यस्तो भागमा सुन राखि लुकाई ल्याउँदै गर्दा त्रिभुवन विमानस्थलबाट समातिए दुई बंगलादेशी नागरिक — OSNepal

शरीरको यस्तो भागमा सुन राखि लुकाई ल्याउँदै गर्दा त्रिभुवन विमानस्थलबाट समातिए दुई बंगलादेशी नागरिक

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको करिब ७७ लाख १९ हजार ६ सय ६० रुपैयाँ मूल्य बराबरको ९ सय ३६ ग्राम तौलको सुन सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बंगलादेशी नागरिक राहदानी नम्बर ए ००२६२२२९ वाहक ४७ वर्षीय मोहम्मद तोफिक उल्लाह र भारतीय नागरिक राहदानी नम्बर यु ५४४०२८१ वाहक ४० वर्षीय पारसनाथ साह रहेका छन् ।

हिमालय एयरलाईन्सद्वारा दुबईबाट काठमाडौं आएका मोहम्मदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उनले लगाएको पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई ल्याएको १ थान पेटी जस्तो अर्धठोस सुनको पोका र २ थान बेलना आकारको अर्धठोस सुन गरी उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो ।

साथै, अनुसन्धानको क्रममा मोहम्मदले भारतीय नागरिक पारसले भन्सार छली गर्न लगाएको हो भनि खुलाए पश्‍चात् पारसलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर