विद्यार्थी चढेको टिपर दुर्घटना, तिन जनाको गयो घटनास्थलमै ज्यान — OSNepal

विद्यार्थी चढेको टिपर दुर्घटना, तिन जनाको गयो घटनास्थलमै ज्यान

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडी जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

दुर्घटनामा विद्यालयबाट घर फर्किने क्रममा टिपर चढेका विद्यार्थीहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई डडेल्धुरा अस्पताल पठाइएको प्ररीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर