गृहमन्त्री बालकृष्ण खाँडलाई ओलीको फोन: दोहोरो चरित्र देखाएर सडक भत्काउनेहरुबाट किन कुटिए प्रहरी ? — OSNepal

गृहमन्त्री बालकृष्ण खाँडलाई ओलीको फोन: दोहोरो चरित्र देखाएर सडक भत्काउनेहरुबाट किन कुटिए प्रहरी ?

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विरोधमा सत्ता पक्षकै कार्यकर्ताबाट प्रहरी कुटिएको भन्दै आक्रोश पोखेका छन् ।

सोमबार कालु पाण्डेको समाधिस्थलमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका ओलीले प्रहरीलाई नकुट भन्ने कोही भएन भन्दै गृहमन्त्री बालकृष्ण खाँडलाई प्रश्न समेत गरेका छन् ।

प्रहरील किन कुटिए आफै सरकारमा आफै रोडमा अनि प्रहरीलाई कुट्न पाइन्छ । यस विषयमा आफुले गृहमन्त्री खाँडलाई फोन गरी प्रहरी किन कुटिए भन्दै प्रश्न गरेको बताएका छन् ।

सरकारमा बसेर क्रान्तिकारी देखाउन खोज्ने र दोहोरो चरित्र देखाएर सडक भत्काउने गतिविधि गरेको भन्दै प्रचण्ड र माधव नेपाल प्रति आक्रोश पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर