पार्टीको सचिवालय बैठक स्थगित गरेर माधव नेपाल जुटे वरिष्ठ नेता खनालसँग छलफलमा — OSNepal

पार्टीको सचिवालय बैठक स्थगित गरेर माधव नेपाल जुटे वरिष्ठ नेता खनालसँग छलफलमा

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीको सचिवालय बैठक स्थगित भएको छ । बैठक भोली मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको बताइएको छ ।

अध्यक्ष माधव नेपाल बैठक स्थगित गरेर आइतबार संसदमै एमसीसीको विरोधमा उत्रिएका वरिष्ठ नेता झलनाथ खनालसँग छलफलमा जुटेका छन् ।

एमसीसी पेश गर्न नदिने पार्टीको निणर्य भएको भन्दै अध्यक्ष नेपालसँग अशन्तुष्ट भएका थिए ।

संसद बैठक अगाडी बसेको सत्ता गठवन्धनको बैठकमा अध्यक्ष नेपालले भने संसदमा एमसीसी टेबल गर्न समर्थन जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर