सैन्य रणनीतिसँग जोडिएका विषय अलग गर्नुपर्छ नत्र एमसीसी पास हुँदैन : देव गुरुङ — OSNepal

सैन्य रणनीतिसँग जोडिएका विषय अलग गर्नुपर्छ नत्र एमसीसी पास हुँदैन : देव गुरुङ

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले संशोधन विना एमसीसी पास नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले संशोधन गरेर राष्ट्रिय हित हुने भए मात्रै एमसीसी अघि बढाउनुपर्ने बताएका हुन् ।

केही बुँदाहरु राष्ट्रहित विपरीतका छन्,‘आर्थिक परियोजनाका रुपमा परिमार्जन गर्न तयार हुने कि नहुने भन्ने हो’उनले भने ।

सैन्य रणनीतिसँग जोडिएका विषय अलग गरे मात्र एमसीसी पास हुन सक्ने बताएका उनले अघि भने ,’अहिलेकै हिसाबले काम अघि बढाउने हो भने त्यो सार्वभौम अधिकार भन्दा बाहिर हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर