कमल थापा निकट राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाबाट पार्टी परित्यागको घोषणा — OSNepal

कमल थापा निकट राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाबाट पार्टी परित्यागको घोषणा

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टी परित्याग गरेका छन्। नेता बर्तौलाले आज सोमबार एक विज्ञप्ती जारी गर्दै आफुले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

राप्रपाको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्यबाट राजीनामा दिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत मंसिरमा भएको पार्टीको माधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका बर्तौला निवर्तमान अध्यक्ष कमल थापा समूहमा थिए । नेता थापा अहिले राप्रपा नेपालको अध्यक्ष भएका छन् ।

बर्तौलाले पार्टी अध्यक्षलाई आफूले राजीनामा बुझाएको समेत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर