काठमाडौं ९ फागुन । नेकपा ९एकीकृत समाजवादी०को सचिवालय बैठक बस्ने भएको छ ।
एमसीसी संसदमा टेबल भएपछि चौतर्फी आलोचना खेपेको नेकपा एसले यस विषयमा थप रणनीति तय गर्न सचिवालयको बैठक बस्न लागेको हो ।बैठक अहिले दिउँसो १ बजे बस्ने पार्टीका प्रवक्ता जगनाथ खतिवडाले जनाएका छन् ।
एमसीसीको विषयमा पार्टीको धारणा तय गर्न बस्न लागेको बैठकमा यस अघि बसेको बैठकको निणर्य कुने फेरबदल नहुने भएकोछ ।
पार्टीले फागुन ७ गते बसेको स्थायी कमिटी बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने तर यथास्थितिमा अनुमोदन गर्न नहुने निर्णय गरेको थियो ।