एमसीसी फेल गराउन सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेकपा एमालेसँग सहकार्य गर्दै माओवादी — OSNepal

एमसीसी फेल गराउन सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेकपा एमालेसँग सहकार्य गर्दै माओवादी

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । ।नेकपा (माओवादी केन्द्र) का नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले सरकार छाड्ने बताएका छन् ।

एक कार्यक्रममा सहभागी भएका उनले अब सरकारलाई दिएको समर्थन एक दुई दिनमा नै फिर्ता लिने भन्दै सरकारबाट बाहिरिने बताएका हुन् ।

एक दुई दिनमा नै पार्टीको संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा लागेको खुलासा गरेका उनले यस विषयमा आफुले अध्यक्षलाई समेत सुझाव दिएको बताएका छन् ।

एमसीसी फेल गरायन फेरि नेकपा एमालेसँग सहकार्य हुने बताएका उनले यस विषयमा अध्यक्ष केपी ओलीसँग पनि छलफल भएको खुलासा गरेका छन् ।

आफ्नो पार्टीले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री शेरबादुर देउवा अल्पमतमा पर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर