काठमाडौं ९ फागनु । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्तागठबन्धन दलहरु ‘घ्यू बेचुवा र तरबार बेचुवा’जस्ता भएको टिप्पणी गरेका छन् ।
नेता रिजालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेलाई देखाएर एक-अर्कामाथि हावी हुने दाउमा रहेको समेत लिने टिप्पणी गरेका छन् ।
क्याविनेटमा सुरक्षा टाईट गर्ने निर्णय गर्ने अनि सडकमा हिंसात्मक बिरोधमा कार्यकर्तालाई उकास्ने प्रचण्ड र नेकपा एकिकृत समावजादी पार्टीका अध्यक्ष माधव नेपाल हाउसमा भने दलको जानकारी बेगर-‘सिखण्डी’ खडा गरेको भन्दै आलोचना समेत गरेका छन् ।
आइतबार बसेको संसदमा बैठकमा एमसीसी टेबल गर्न दिएका प्रचण्ड नेपालले त्यस लगत्तै आफुहरु एमसीसीको विपक्षमा भएको बताएका थिए ।
जसको टिका टिप्पणी चौतर्फी रुपमा भएको छ । नेता रिमालले भनेका छन्, बहस पनि यसैगरी, निर्णय पनि यसैगरी” हुने भन्दै“चिट पनि मेरै-पट पनि मेरै, चिची पनि मलाई- पापा पनि मलाई”को कपटपूर्ण अभ्यासमा गठवन्धन दल छन् ।