सरकारको भत्ता छोड्न नि नसक्ने, जनताको अगाडी आएर स्पष्ट बोल्न पनि नसक्ने नेपालको दुई जिब्रे बोली — OSNepal

सरकारको भत्ता छोड्न नि नसक्ने, जनताको अगाडी आएर स्पष्ट बोल्न पनि नसक्ने नेपालको दुई जिब्रे बोली

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । आइतबार बसेको संसदमा बैठकमा एमसीसी टेबल भएपछि चौतर्फी आलोचना खेपिरहेका नेकपा एकिृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले बोली भेरका छन् ।

संसद बैठक अगाडी बसेको सत्तागठवन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएका नेपालले संसदमा एमसीसी टेबल भएपछि सरकार जे सुकै होस् एमसीसीको विपक्षमा मतदान गर्छौ भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यस लगत्तै उनले समाजिक सञ्जालमा लेखेका छन्,’यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने हाम्रो पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति हामी प्रतिबद्ध छौं । यसबाट के प्रष्ट हुन्छ भने सरकारको भत्ता छोड्न नि नसक्ने जनताको अगाडी आएर स्पष्ट बोल्न पनि नसक्ने भन्ने बुझिएको छ ।’

असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्दछ भनेका उनलेयसो गर्न पाउनु हाम्रै संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय भएको समेत दावी गरेका छन् ।

‘अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गंभीर असहमति सहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहॅाहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउॅछु । ‘ उनले लेखेका छन् ।

यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने हाम्रो पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति हामी प्रतिबद्ध छौं । असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्दछ । यसो गर्न पाउनु हाम्रै संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय हो ।

अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गंभीर असहमति सहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहॅाहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउॅछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर