आफ्नै पार्टीमाथि खनिए भीम रावल दिए यस्तो चेतावनी — OSNepal

आफ्नै पार्टीमाथि खनिए भीम रावल दिए यस्तो चेतावनी

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागनु । नेकपा एमालेका नेता डा भीम रावल आफ्नै पार्टीमाथि खनिएका छन् । देशको पक्षमा आवाज उठाउँदा विरोध गर्ने आफ्नै पार्टीमा खनिएका नेता रावलले एमालेलाई तानाशाही भन्दै तानाशाही दमन बन्द गर भनेका छन् ।

आइतबार बसेको संसद बैकठमा एमसीसी टेबल भएपछि सभामुसँग समष् लिएर एमसीसीको विपक्षमा बोलेका उनी माथि उनकै पार्टीले संसदमा बोलेको भन्दै आपत्ती जनाएको थियो ।

सभामुखलाई के आधारमा भीम रावललाई बोल्ल दिएको भन्दै पार्टी प्रमुख सचेतक विशाल भट्टराईले प्रशन गरेका थिए । सोही विषयलाई लिएर नेता रावलले राष्ट्रिय स्वाधीनता, हित र स्वाभिमानको पक्षमा आवाज बुलन्द गर्नेहरूमाथि पाशविक दमन गर्ने आदेश दिनेहरू कस्को स्वार्थमा काम गर्दैछन् भन्दै एमालेलाई नै प्रश्न गरेका छन् ।

देशको पक्षमा आवाज उठाउन नपाउने भन्दै एमालेलाई तानाशाही दमन बन्द गर! भन्दै कडा चेतवानी दिएका छन् ।

राष्ट्रिय स्वाधीनता, हित र स्वाभिमानको पक्षमा आवाज बुलन्द गर्नेहरूमाथि पाशविक दमन गर्ने आदेश दिनेहरू कस्को स्वार्थमा काम गर्दैछौ ? उनले अघि भनेका छन् ,’देशको पक्षमा आवाज उठाउन नपाउनेरु तानाशाही दमन बन्द गर!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर